दफा १७
रेल चालक वा सहचालकको अनुमतिपत्र
(१) रेल चालक वा सहचालकको अनुमतिपत्र लिन चाहने व्यक्तिले देहायका कागजात संलग्न गरी तोकिए बमोजिमको ढाँचामा बोर्डको कुनै कार्यालय मार्फत रेल्वे प्रशासक समक्ष निवेदन दिनु पर्नेछ:-

(क) नागरिकताको प्रमाणपत्र वा :सम्बन्धित देशले

जारी गरेको परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, (ख) दफा १८ को उपदफा: (१).को खण्ड (ख) बमोजिम प्राप्त प्रमाणपत्रको प्रतिलिपि, र

(ग) नेपाल सरकारद्वारा मान्यताप्राप्त चिकित्सकले दफा १८ को उपदफा (२) बमोजिमका विषयमा निजको स्वास्थ्य परीक्षण गरी दिएको निरोगिताको प्रमाणपत्र ।

(२) उपदफा (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा रेल चालक वा सहचालकको अनुमतिपत्र दिन उपयुक्त देखेमा रेल्वे प्रशासकले तोकिए बमोजिम रेल चालक वा सहचालकको अनुमतिपत्र दिनेछ।

(३) (रेल चालक वा सहचालकको अनुमतिपत्रको नवीकरण र खारेजी सम्बन्धी व्यवस्था तथा अनुमतिपत्र जारी गर्दा वा नवीकरण गर्दा लाग्ने दस्तुर तोकिए बमोजिम हुनेछ।